मन्त्री सिंहले बीआरआईबारे एमाले र कांग्रेसको एउटै मत रहेको बताए
उनले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताए
१५ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बीआरआईबारे कांग्रेस र एमालेको एउटै मत रहेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले बीआरआईको विषयले सरकारमा समस्या नआउने बताएका हुन् ।
मन्त्री सिंहले अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको र कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको बताए । उनले कुनै योजनामा तिर्न सक्ने अवस्थाका आधारमा मात्रै ऋण लिन सकिने भए पनि अहिले नै लिन नहुने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेको पनि बताए ।