श्रीमान् श्रीमतीले नै भिरबाट हामफाले
कुमारीको घटनास्थलमै मृत्यु भएको हो भने लीलाबहादुर गम्भीर घाइते भएको छन्।
चितवन : चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मंगलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रीमानसँग घरायासी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए ।
कुमारीको घटनास्थलमै मृत्यु भएको हो भने लीलाबहादुर गम्भीर घाइते भएको छन्। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।