धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप,६ प्रहरी घाइते

उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।

२० असार, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका २ दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच बिहीबार राति झडप भएको छ ।

भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरीका एसपी निर्मल खड्काले तस्करीको समान नियन्त्रणमा लिन एउटा घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेको जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्राएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *