पुलबाट हामफाल्न खाेज्ने ६४ वर्षीय वृद्धको उद्धार

इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले  जानकारी दिए ।

२० असार,काठमाडौं । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ ।

इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले  जानकारी दिए ।

हाल काठमाडौं बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *