पक्राउ परेको एक हप्तामै छुटे काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल

१३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो ।

२२ असार, काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् ।

चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि गत १९ असारमा छुटेका हुन् ।

१३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका भेटवाललाई सो दिन म्याद थप नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले  जानकारी दिए ।

‘स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन । त्यसपछि हामीले केही गर्ने कुरा भएन,’ एसपी बोहराले भने ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *