बैंककबाट काठमाडौं आयो सेतो हेरोइन, भारतीय नागरिक पक्राउ

अधिकृतहरुका अनुसार, पहिले बैंककबाट हाईब्रिड गाँजा आउने गरेकोमा अहिले हेरोइन पनि आएको पाइएको हो ।

२२ असार, काठमाडौं। बैंककबाट तस्करी गरेर काठमाडौं ल्याएको ६ किलो ५ ग्राम सेतो हिरोइन प्रहरीले बरामद गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले हवाई माग हुँदै नेपाल आएका यात्रुको विशेष जाँच गर्ने क्रममा शनिबार सेतो हिराइन बरामद गरेको ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार, थाई एयरवेजको उडानमार्फत काठमाडौं आएका भारतीय नागरिक ६५ वर्षीय राकेश वाहबले ल्याएको लगेजभित्र सेतो हेरोइन भेटिएको थियो ।

प्रहरीका अनुसार, थप अनुसन्धान भइरहेको छ । यसअघि बैंककबाट पटकपटक लागूऔषध गाँजा आउने गरेको थियो । अधिकृतहरुका अनुसार, पहिले बैंककबाट हाईब्रिड गाँजा आउने गरेकोमा अहिले हेरोइन पनि आएको पाइएको हो ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘यी लागूऔषध नेपाल हुँदै भारतमा तस्करी हुन लागेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *