बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

काठमाडौं : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-१ लामथुम्बा घर भएका टोखा नगरपालिका-८ अर्याल बस्ती बस्ने ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ अर्याल बस्तीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *