रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता, ९ जनाको उद्धार
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
२४ असार, काठमाडौं । चीनबाट आएको बाढीले रसुवामा ठूली क्षति भएको प्रारम्भिक विवरण आएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्।
रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको उनले बताए।