काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु

मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए ।

२६ असार, काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।

मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए ।

उनका अनुसार, घटनाबारे थप बुझ्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *