जनमतका पूर्वकोषाध्यक्षविरुद्ध अर्को ठगी मुद्दा, फेरि धरौटीमा छुटे

यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए ।

२८ असार, काठमाडौं । जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई अर्को ठगीको मुद्दा लागेको छ ।

यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि जम्मा गरेको रकम ठगी गरेको आरोपमा मुद्दा खेपेका यादवमाथि पुन: अर्को मुद्दा परेको हो ।

यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा यही असार २६ गते अदालतले यादवविरुद्ध एक लाख २५ हजार धरौटी माग गरेको छ ।

अदालतले मागेको धरौटी बुझाएर यादव २६ गते नै छुटेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *