सुनसरीमा भिनाजुद्वारा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या

मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् ।

३० असार, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको सुनसरी प्रहरी प्रमुख  प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको तिम्सिनाले जानकारी दिए । आरोपीलाई प्रहरीले खोजी रहेको छ ।

गोली प्रहारको कारण खुलिनसकेको  तिम्सिनाले जानकारी दिए । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *