पोखराको जग्गा र भूमि आयोग अध्यक्ष मिलाउन मन्त्री गुप्तासँग बिचौलियाको डिल

मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो ।

३० असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको भनी तयार भएको फाइल मालपोत कार्यालयमा पेस भएको थियो ।

मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो । मन्त्री गुप्ताले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा यथावत राखिदिने आश्वासनका साथ घुस लिएका थिए ।

जुरीकर्ताहरुले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन् । उनीहरुले मन्त्री गुप्ताले प्रमुख मालपोत अधिकृत रहेका उपसचिवको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ लिएको दाबी गरेका हुन् । उजुरीमा लेनदेन भएको रकमको नम्बर र नोटको बिटोको फोटो समेत छ ।

त्यही समूहसँग मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ लिएको अर्को उजुरी पनि परेको छ । उजुरी दिनेहरुले अडियो समेत अख्तियारमा पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *