अध्यागमन विभाग प्रमुख फेरिए, तिवारी नयाँ महानिर्देशक

मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ ।

३१ असार, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक परिवर्तन गरेको छ । हालका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइराला समेत आजै गृह मन्त्रालयमा सरुवा भएका छन् । उनी त्यहाँ गएको एक महिना पनि पूरा भएको थिएन ।

नयाँ विमानस्थल प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको सरुवा भएको छ । खोटाङको सीडीओमा कल्पना श्रेष्ठको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *