नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो
भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलताल भन्ने स्थानबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् ।
३२ असार, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।
भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने सिमलताल भन्ने स्थानबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् । दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो । अरुको भने हालसम्म पनि अत्तोपत्तो छैन ।