न्यायाधीश लम्सालले दिए राजीनामा

उनका अनुसार न्यायाधीश लम्सालले स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएका हुन्। 

उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

बिहीबार न्यायाधीश लम्सालले सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले यसको पुष्टि गरेका छन्।

उनका अनुसार न्यायाधीश लम्सालले स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएका हुन्। उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

अवकाशमा जानुअघि नै उनले राजीनामा दिएका हुन्। उनको कार्यकाल अझै एक वर्ष बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *