एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता
एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे ।
२ असार, काठमाडौं । नेकपा एमालेभित्रको राजनीति अन्तरसंघर्षले तरंगित भइरहँदा सोही पार्टीको नेतृत्व तहमा लामो समय बिताएका तीन नेता भने बिहीबार एकाएक अंगालोमा बाँधिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम नेतृत्वको पार्टीबीच काठमाडौंमा आयोजित एकता घोषणा कार्यक्रममा यस्तो दृश्य देखिएको हो ।
एकता सभामा नेता गौतमले आफू यो पार्टीमा आउन ४ वर्ष लागेकोदेखि ४ वर्षअघि नै आएको भए समाजवादको अभियान नै सुरु भइसक्नेसम्मको दाबी गरे ।
तर, त्योभन्दा रोचक दृश्य भने उनले बोलेर मञ्चमा फर्किंदा देखियो । नेता गौतमलाई मञ्चमा बसेका नेताहरू माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतले स्वागतका लागि खादामाला लिएर बसेका थिए ।