राजेन्द्र लिङ्देनले कारबाही गरेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन  राप्रपाका नेताहरू प्रकाशचन्द्र  लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्।

४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार पार्टीको केन्द्रीय सदस्यसमेत नरहनेगरी पदमुक्त गरेका थिए।

अध्यक्षको उक्त निर्णयलाई मान्यता नदिन  राप्रपाका नेताहरू प्रकाशचन्द्र  लोहनी,धवल शमशेर राणा,कुन्ति कुमारी शाहीलगायत निर्वाचन आयोग पुगेका हुन्।

पार्टीलाई प्रक्रियागत र विधान अनुसार चलाउन माग गर्दा अवैधानिक रुपमा कारबाही गरिएको भन्दै गिरीले आयोगसम्म पुगेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *