निवर्तमान मन्त्री राजकुमार गुप्तासँग सोधपुछ गर्दै अख्तियार

‘उहाँलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ ।’

५ साउन, काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।

‘उहाँलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उहाँसँग सोधपुछ गर्नेछ,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसक्रममा उहाँको आवाजको नमुना पनि लिने योजना छ ।’

नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।

आयोग स्रोतले भन्यो, ‘आवाज रेकर्ड गर्न उहाँसँग अनुमति लिइन्छ, अनि सोधपुछकै सिलसिलामा रेकर्ड भएको आवाज केही दिनअघि सार्वजनिक भएको आवाजसँग परीक्षण हुन्छ ।’

गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको संवाद बाहिरिएको थियो । चौतर्फी दबाब परेपछि उनले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *