पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ ।
५ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशसँगको नि्र्णायक खेलमा नेपाल पहिलो हाफमा एक गोलले पछाडि छ । बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ ।
नेपालले यसअघि बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोलअन्तरको हार बेहोरेको थियो । त्यसकारण बंगलादेश अपराजित रहँदै उपाधि जित्न दाबेदारको रूपमा छ ।
हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेशले खेलेको पाँचवटै खेल जितेको छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।
नेपालले भुटान र श्रीलंकालाई दुई-दुई खेलमा पराजित गर्दा बंगलादेशसँग भने पराजित भएको थियो ।