बंगलादेशमा सैन्य विमान दुर्घटना : मृतकको संख्या २७ पुग्यो
मृतकमध्ये धेरैजसो विद्यार्थी छन् ।उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो ।
बंगलादेशको राजधानी ढाकामा लडाकु विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने विमान विद्यालय परिसरमा खस्दा २७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृतकमध्ये धेरैजसो विद्यार्थी छन् ।उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो ।
ढाकास्थित माइलस्टोन कलेजमा सेनाको विमान ठोकिएपछि उद्धारमा खटेका दमकल कर्मचारी र स्वयंसेवकहरू बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मृतकको सङ्ख्या बढेको मंगलबार बिहान पुष्टि गरेका हुन्।
दुर्घटनामा परी १७० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए । दुर्घटनाका कारण शरीर जलेर घाइते भएका ५० जनाभन्दा धेरैलाई अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। हताहत हुनेमध्ये केही अभिभावकहरू पनि भएको अनुमान छ।
घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीको परिवारजन अहिले गहिरो शोकमा छन् । सरकारले उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानुनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले बताए। वायुसेनाले एक विज्ञप्तिमार्फत् दुर्घटनामा परेको एफ-७ जेटले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी सामना गरेको बताएको छ। सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ ।