‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ उनले भने, ‘मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’
उनले थपे, ‘काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिनँ ।’
गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्र बारे उल्लेख गर्दै उनले भने, ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’
वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्याउनुपर्ने बताए ।