इजरायलमा नेपाली समुदायले वीपीन जोशीको रिहाइको माग गर्दै गरे प्रदर्शन
इजरायलको तेल अविभस्थित किडन्याप स्क्वायरमा आयोजित सभा तथा र्यालीमा सहभागी हुँदै उनीहरूले जोशीको रिहाइको माग गरेका हुन्।
इजरायल : इजरायलमा रहेका नेपाली समुदायका सदस्यहरूले हमासद्वारा अपहरणमा परेका नेपाली छात्र विपिन जोशीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।
इजरायलको तेल अविभस्थित किडन्याप स्क्वायरमा आयोजित सभा तथा र्यालीमा सहभागी हुँदै उनीहरूले जोशीको रिहाइको माग गरेका हुन्।
७ अक्टोबरको बिहान हमासले गरेको भीषण आक्रमणका क्रममा उनी अन्य धेरै विदेशी श्रमिक र स्थानीय इस्रायलीहरूसहित गाजामा अपहरणमा परेका थिए।