मनोहराको सुकुमबासी बस्तीमा झडप

आज बिहान नेपाल प्रहरी सहित डोजर लिएर पुगेको नगर प्रहरीले सुकुमबासीका टहरामा डोजर लगाएको थियो ।

३० साउन, काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यहीक्रममा सुकुमबासी र नगरप्रहरीबीच झडप भएको हो ।

स्थानीयले नगर प्रहरीमाथि ईंटा–ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गर्दै लखेटेको छ ।

आज बिहान नेपाल प्रहरी सहित डोजर लिएर पुगेको नगर प्रहरीले सुकुमबासीका टहरामा डोजर लगाएको थियो ।

वर्षायाममा टहरा भत्काइदिएपछि सुकुमबासीको बिचल्ली भएको छ ।

टहराहरु भत्काउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख राजु पाण्डे सहितको टोली पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *