चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,अश्रु ग्यास समेत प्रहार
बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ
१९ मंसिर, काठमाडौं । सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
चितवनमा बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
रवि लामिछानेका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही शान्त भएको जनाएको छ ।