नौबुँदेमा नपरेको मदन भण्डारी विश्वविद्यालय बीआरआई फ्रेमवर्कमा समेटियो

हिजोको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो


१९ मंसिर, काठमाडौं । आज बुधबार सम्पन्न नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय समेटिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको हिजोको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो । संयुक्त वक्तव्यमा पनि त्यो परेको थिएन ।

स्रोतका अनुसार मदन भण्डारी विश्वविद्यालयलाई चीनले सघाउने समझदारी सहित बीआरआई सहकार्य फ्रेमवर्कमा उक्त बुँदा समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *