काठमाडौंको चमतीबाट ३८ सय थान भेपसहित ३ जना पक्राउ
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।
१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप (विद्युतीय चुरोट) तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ छन् ।