इजरायलको हवाई आक्रमणबाट हमासका प्रवक्ता अबु उबैदा मारिए

हमासले अझैसम्म उबैदाको मृत्युको पुष्टि गरेको छैन।

काठमाडौं : इजरायलले गाजा सहरमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखाका प्रवक्ता अबु उबैदाको मृत्यु भएको बताएको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले हवाई आक्रमणमा हमासका प्रवक्ता मारिएको दावी गरेका छन्।

उनले एक्समा एक पोस्टमा इजरायल रक्षा बल (IDF) र इजरायलको राष्ट्रिय सुरक्षा एजेन्सी शिन बेटलाई “सफलतापूर्वक” यो उपलब्धि हासिल गरेकोमा बधाइ समेत दिएका छन्। यद्यपि,हमासले अझैसम्म उबैदाको मृत्युको पुष्टि गरेको छैन।

प्यालेस्टिनी सशस्त्र समूहले पहिले नै आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दर्जनौं नागरिक मारिएको र घाइते भएको बताएको थियो। गाजा सहरको घना बस्ती भएको अल-रिमल क्षेत्रमा भएका आक्रमणहरूमा कम्तीमा सातजनाको मृत्यु भएको छ भने बालबालिकासहित २० जना घाइते भएको बताइएको छ।

उबैदा ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको घातक आक्रमण अघि हमासको सैन्य शाखाका केही वरिष्ठ सदस्यहरूमध्ये एक थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *