सुडानमा पहिरोले पुरिएर कम्तीमा १००० जनाको मृत्यु
प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ।
१७ भदौ, काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट ९आर्मी०ले जनाएको छ ।
बीबीसीका अनुसार, यो घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो।
संगठनका अनुसार लगातार धेरै दिनसम्म परेको भारी वर्षाका कारण ३१ अगस्टमा पहिरो गएको हो। यसमा तारासिन गाउँको ठूलो हिस्सा विनाश भएको छ ।
‘प्रारम्भिक विवरणअनुसार गाउँका सबै बासिन्दाको मृत्यु भएको छ, जसको संख्या १,००० भन्दा बढी हुने अनुमान छ। केवल एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्। मृतकमध्ये बालबालिका पनि रहेका छन्।