झापाको गौरीगञ्ज नाकाबाट तस्करी धन्दा, एसएसबीले चारवटा गाडीसहित ६ जना तस्करलाई समाते

एसएसबीका इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ बिउँ लगायत सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो।

झापा : झापाको गौरीगञ्ज नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको एउटा घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाँदै गरेको फर्सीको बिउँ लोड भएको चार वटा गाडीसहित ६ जना तस्करलाई पक्राउ गरेसँगै गौरीगञ्ज नाकाबाट हुने गरेको तस्कर धन्दाको पर्दाफास भएको हो।

भारतीय एसएसबी १२ बटालियन माफिटोला क्याम्प र फत्तेपुर पुलिस थानाको संयुक्त टोलीले स्थानीयको सहयोगमा विशेष सूचनाको आधारमा ७५ बोरा फर्सीको बिउँ, दुईवटा पिकअप, दुई वटा ट्याक्टरसहित ६ जनालाई गएराति पक्राउ गरेको हो। एसएसबीका इन्चार्ज इन्स्पेक्टर राजेश कुमारका अनुसार नेपालबाट भारततर्फ बिउँ लगायत सामानको तस्करी भइरहेको सूचना प्राप्त भएको थियो।

त्यही सूचनाको आधारमा लालापानी–खनियावाद सीमा नाकामा गएराति तस्करीहरूलाई गाडीसहित घेराउ गरी ठुलो मात्रामा बिउँ बरामद गरेको इन्स्पेक्टर कुमारले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन। पक्राउ पर्नेमध्ये एक÷दुई जना नेपाली नागरिक भएको आशङ्का गरिएको छ। बरामद गरिएको बिउँ, चार वटा गाडीसहित ६ जनालाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइसकेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *