संसद्‍मा रास्वपा र राप्रपाको बहिष्कारले पार गर्‍यो १०० दिन

१५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधि सभाको बैठक बहिष्कारले एक सय दिन पार गरेको छ ।

भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने माग राखेर दुवै दलले १३ जेठ २०८२ देखि प्रतिनिधि सभाको बैठक कहिष्कार गर्दै आएका छन् ।

१५ जेठमा बजेट प्रस्तुत गर्न दिएता पनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।

दुवै दलका सांसदहरू प्रतिनिधि सभाको बैठक सुरु भएपछि उठेर विरोध गर्छन । सभामुखले समय दिएपछि आफ्ना कुरा राख्छन् । भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिन हुनुपर्ने माग यथावत रहेको र यो माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउँछन् र बैठक कक्षबाट बाहिरिन्छन् ।

यस्तो कार्य गर्दै आएको १०० औं दिन आज पनि प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *