४ करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइने

श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताए ।

१८ भदौ, काडमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताए ।

श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताए ।

मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रकम रहेको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *