राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेलले १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका थिए ।


२२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

राष्ट्रपति पौडेलले १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका थिए ।

पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।

प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले राष्ट्रपतिको शल्यक्रिया गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *