‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सद्धारा विराटनगर किंग्स पराजित

निकोलस किर्टोनले विराटनगरका लागि सर्वाधिक ४० रन बनाए


२२ मंसिर, काठमाडौं । शनिबार भएको  नेपाल प्रिमियर लिग (एनपीएल)  ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएपछि कर्णालीले रोमाञ्चक जित हात पारेको हो । सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले त्यसयता लगातार दुई खेल जितेको हो ।

निकोलस किर्टोनले विराटनगरका लागि सर्वाधिक ४० रन बनाए ।

३९ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले १९ तथा दिपक बोहराले १८ रन जोडे ।

ओपनर शिखर धवन ५ रनमै आउट भए भने चाडविक वाल्टन र अर्जुन घर्ती समान १ तथा जिसान मक्सुद २ रनमा आउट भए । गुल्सन झा र नन्दन यादवले खाता खोल्न सकेनन् ।

यस्तै बसिर अहमदले ४ ओभरमा २२ तथा क्रिस सोलले ४ ओभरमा २५ रन खर्चेर समान २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *