४ करोडसहित पक्राउ परेका विनोदका छोराको अफिसमा पनि प्रहरीको छापा

सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले  ९० हजार ५ सय नगद फेला पारेको छ ।

१८ भदौ, काठमाडौं । काठमाडौंको गोंगबुमा ४ करोड २५ लाख ५० हजार रुपैयाँ र ९ किलो भन्दा बढीसुनसहित समातिएका विनोदकुमार श्रेष्ठको छोराको अफिसमा पनि प्रहरीले छापा मारेको छ ।

विनोदका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित कार्यालयमा प्रहरीले छापा मारेर केही नगद र सुनका गरगहना बरामद गरेको हो ।

सनम खड्गीको घरमा कोठा भाडा लिएर राजकुमार बसेको सूचना पाएपछि त्यहाँ छापा मारेको प्रहरीले  ९० हजार ५ सय नगद फेला पारेको छ ।

त्यसैगरी सुनको ५ थान छड्के तिलहरी, १ थान नौगेडी, २ थान बेरुवा औठी र १ थान सुनको लकेट बरामद गरेको छ ।

पक्राउ परेका विनोदलाई नगद र गरगहनासहित राजश्व अनुसन्धन विभागको कार्यालय हरिहर भवन पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *