अस्ट्रेलिया टुरमा थोरै जितेर अनि धेरै सिकेर फर्किएको नेपाली क्रिकेट टोली
नेपालले यस क्रममा अस्ट्रेलियाको बिग बास लिगका एकेडेमी टोलीहरू तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीहरू सम्मिलित टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।
१८ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिज तथा अभ्यास खेलहरू खेलेर मंगलबार स्वदेश फर्किएको छ ।
पहिलोपटक अस्ट्रेलियामा गएर टप एन्डमा सहभागी जनाएको नेपाली टोलीका लागि यस सिरिजले आगामी टी-२० विश्वकप छनोटका लागि हुने तयारीका निम्ति अर्थपूर्ण रूपमा हेरिएको थियो ।
नेपालले यस क्रममा अस्ट्रेलियाको बिग बास लिगका एकेडेमी टोलीहरू तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीहरू सम्मिलित टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।
टप एन्डमा सहभागी ११ टोलीमध्ये आठौं भएको नेपालका लागि विशेषत: जित्ने भन्दा पनि सिक्ने हिसाबले बढी महत्व रह्यो ।
टोलीका खेलाडी तथा प्रशिक्षकले पनि धेरै नयाँ कुराहरू सिक्ने अवसर पाएको बताए ।