शान्ति सुव्यवस्था कायम राख्न प्रधानमन्त्री मोदीको अपिल
मोदीले भारतको मन्त्रिपरिषद्मा नेपालकोबारेमा विस्तृत छलफल भएको जानकारी दिनुभएको छ।
२४ भदौं काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम राख्न अपील गर्नुभएको छ।
उनले सामाजिक सञ्जाल एक्समा नेपालको अवस्थाले आफू अत्यन्तै विचलित भएको बताएका छन्।
मोदीले भारतको मन्त्रिपरिषद्मा नेपालकोबारेमा विस्तृत छलफल भएको जानकारी दिनुभएको छ।
उनले आज भारतको मन्त्रिपरिषद्मा नेपालकोबारेमा विस्तृत छलफल भएको जानकारी दिएका छन् ।
‘नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति समृद्धि अत्यन्त महत्वपूर्ण छ’ उनले भनेका छन्,’ म नेपालका सबै दाजुभाइ तथा दिदीबहिनीहलाई शान्ति सुव्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।