लुटपाटमा संलग्न २१ जना पक्राउ

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् ।

२५ भदौ, काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।

हालको परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट गर्ने २१ जनालाई नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो।

काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकाहरु (राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाका) बाट लुटपामा संलग्न २१ जना पक्राउ परेका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *