संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं: बालेन
तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् ।
२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् ।
तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् ।
उनले अन्तरिम सरकार गठन र संसद् विघटन अविलम्ब गर्न राष्ट्रपतिलाई सामाजिक सञ्जालमा आग्रह गरेका छन्।
‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।