अन्तरिम सरकारका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।
३० भदौ, काठमाडौं । सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।
रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह , कानुन तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन्।