५८ अंकले बढ्यो नेप्से परिसूचक

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योर‍ेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

काठमाडौं :  नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक ५८.६३ अंकले वृद्धि भइ २६८२.२५ विन्दुमा पुगेको छ। यसदिन ३२८ स्क्रिप्सको १ करोड १३ लाख  ५३ हजार  १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरदिबिक्री भए।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा सात स्टकको सेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ। सप्तकोशी डेभलपमे‍न्ट,जोशी हाइड्रोपावर,ग्रीन डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट र एसियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योर‍ेन्स कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। युनिभर्सल पावरले १८ करोडको सेयर कारोबार गर्दा शिवम् सिमेन्टको १६ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २३८ स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। यसदिन १३ वटा समूहको उपसूचकमा हरियाली छाएको छ। हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक ३ प्रतिशत बढीले बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *