सुरुवातमा १०२ अंक बढेको सेयर बजार २२ मा खुम्चियो

अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

२३ असोज, काठमाडौं । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।

नेपाल राष्ट्र बैंककले नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि आज सेयर बजार सकारात्मक लयमा फर्किएको हो। बिहान कारोबार सुरू भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको थियो । कारोबार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। त्यसपछि खुलेको बजार दोहोरो अंकले बढेर बन्द भएको हो।

दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो । २ सय कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

व्यापार बाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढे ।

विन्ध्यबासिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो । एसियन हाइड्रोपावरको ५.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशत घट्यो । भूगोल इनर्जीको ५.४३, आत्मनिर्भर लघुवित्तको ३.३७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *