४४ अंकले बढ्यो सेयर बजार

नेपाल माइक्रो इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो।

काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

यसदिन ३३० स्क्रिप्सको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड ५४ लाख  ८ हजार  ५४५ रुपैयाँमा खरिदबिक्री भए। आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा अडिएको थियो। सो दिन  ६ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो।

इनर्जी नेपालको ९.९२ प्रतिशतले बढ्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ९.८२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। नेपाल रिइन्स्योरेन्सको २६ करोड,सीईडीबी होल्डिंक्सको २० करोड र हिमालयन रिइन्स्योरेन्सको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २०० स्टक्सको मूल्य बढ्दा ४४ वटाको  घट्यो। बाँकी ८ स्टक्सको मूल्य भने स्थिर रह्यो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिए। अदर्श समूहको उपसूचक सर्वाधिक ५.०१ प्रतिशतले बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *