१८ तले कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- यहाँ आधुनिक शहर बनाइन्छ

उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए


२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि बताए ।

उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए ।

उनले विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत प्रस्तुत गरेका थिए ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।

सरकारको चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने अवधारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *