मान्छेहरूले पत्याएका छैनन्, केही समयपछि भारत पनि जान्छु : प्रधानमन्त्री ओली

आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर नै आएको उनको दाबी


२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयपछि आफू भारत भ्रमणमा जाने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको र चाँडै भारत भ्रमणमा जाने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी देश बनाउँछौं । कर्णालीमा पुल बन्ने भएको छ । चीन भ्रमणबाट अरु थुप्रै कुराहरू भएका छन् र अब मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु ।’

उनले आफू फरक प्रसंगमा प्रधानमन्त्री बनेपछि देशमा बिग्रिएको अर्थतन्त्र सुधारका लागि धेरै व्यस्त बन्नुपरेको उल्लेख गरे ।

ओलीले भने ‘म प्रधानमन्त्री भएपछि धेरै व्यस्त भएँ । देशको अर्थतन्त्र धेरै तल गिराइएको रहेछ । त्यो ढुकुटीमा पैसा थोपो छैन । तिर्नुपर्ने धेरै रहेछ । त्यस्तो अवस्थामा सरकार पुगेको रहेछ । राज्य पुगेको रहेछ । त्यस स्थितिबाट फर्काउनका लागि धेरै मेहनत गर्नुपर्ने थियो । त्यसमा म लागेको थिएँ,’ ।

आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर नै आएको उनको दाबी थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *