चट्याङ लागेर रौतहटमा दुई जनाको मृत्यु

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

रौतहट : रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। सनिबार साझ ६:३० बजेको समयमा परेको चट्याङ लागेर कटहरिया नगरपालिका-२, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *