विपद् व्यवस्थापन प्राधिकरणको बैठकमा पुगे सुधन गुरुङ

तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ,’ उनले भने, ‘बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासन पानी के-के हुन्छ, यसो मिलाइदिनु पर्ला । किनभने, त्यहाँ खाना छैन ।’

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेन-जी नेता सुधन गुरुङ पनि पुगेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसमेत भएको बैठकमा उनले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएको भिडियो आफैंले सार्वजनिक गरेका छन् ।

‘जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्‍यो । तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ,’ उनले भने, ‘बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासन पानी के-के हुन्छ, यसो मिलाइदिनु पर्ला । किनभने, त्यहाँ खाना छैन ।’

एम्बुलेन्सलाई पनि प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले भनेका छन्, ‘कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्यौल गर्नुपर्‍यो । त्यसपछि उद्धार गर्नुपर्‍यो ।’ उनले विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट छ भनेर समेत सोधेको भिडियोमा देखिन्छ ।

त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत भट्टले ‘केही टेन्टहरू टीआईएमा छ, भएका टेन्टहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेका छौं’ भन्ने जवाफ फर्काएका छन् । उनले सशस्त्र प्रहरीको ‘रिलोकेसन सेन्टर’मा समेत रासनलगायत स्ट्यान्ड बाईमा राख्नुपर्ने भनेका छन् ।

उनले स्वास्थ्य शिविरलगायत समेत तत्काल गर्नुपर्ने हुनसक्ने समेतका छन् । उनले बैठकमा उपस्थित सशस्त्र प्रहरीका एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई कतिवटा मोटरबोट छ भनेर समेत सोधेका छन् । त्यसक्रममा ती डीएसपीले आफूहरुसँग ९६ र्‍याफ्ट र ३३ मोटरबोट रहेको जानकारी गराएका छन् ।

‘हाई स्पीड मोटरबोट अहिलेको अर्बन नदीमा काम लाग्दैन, तराईमा गौर, लालबकैया लगायतको समुदायमा काम लाग्छ,’ उनले भनेका छन्, ‘यहाँभित्र अन्य विभिन्न किमिसका फ्लोटिङ डिभाइस प्रयोग गर्न सक्छ । लाइफ ज्याकेट नै भयो भने पनि धेरै भए राम्रो हुन्थ्यो ।’ तर, सधैँ मनसुनमा लाइफ ज्याकेट अभाव हुने गरेको उनले बताएका छन् । नेपाल प्रहरीका डीएसपी समेत प्रत्येक प्रदेशमा भएको तैनाथीबारे जानकारी गराएका छन् ।

सुधनले विपद् प्राधिकरणका सीईओसँग हवाई उद्धारबारे समेत सोधेका छन् । त्यसक्रममा सीईओ भट्टले सेनाका हेलिकोप्टर परिचालन भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *