सुन एक तोलाको २ लाख ३० हजार नाघ्यो

आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको हो।

काठमाडौं :  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ३० हजार ६०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो।

यसैगरी एक तोला चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ कायम भएको छ। पछिल्लो समय सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *