इलाममा पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो
घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।
१९ असोज, काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म २८ जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ ।
देउमाइमा २, फाकफोकथुपमा १, मान्सेबुङमा ३ माइजोगमाइमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ ।
पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।