विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह

भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन् ।

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस,’ शर्माले भनेका छन् ।

२६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिनलाई शर्माले जवाफ दिएका छन्, ‘लगनपछिको पोते के काम !’

विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *