भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप

अनुसन्धानका क्रममा जालसाजी गरिएको रकमको एक भाग शिल्पाको बैंक खातामा जम्मा भएको खुलेपछि प्रहरीले उनको बयान लिएको हो।

नयाँ दिल्ली :  ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्।

बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान लिइसकेको छ।

अनुसन्धानका क्रममा जालसाजी गरिएको रकमको एक भाग शिल्पाको बैंक खातामा जम्मा भएको खुलेपछि प्रहरीले उनको बयान लिएको हो।

मुम्बईका दीपक कोठारी नामका व्यापारीले शिल्पा र उनका पतिविरुद्ध रकम ठगीको आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *